च्याम्पियन्स लिगमा अन्तिम आठको पहिलो लेगमा म्यानचेस्टर सिटीले जित हात पारेको छ। मंगलबार राति भएको खेलमा इंग्लिस क्लब सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ को गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदानमा भएको खेलमा सिटीका तर्फबाट केभिन डी ब्रुएन र फिल फोडेनले एक-एक गोल गरे गरेका थिए भने डर्टमण्डका मार्को रिउसले एक गोल फर्काएका थिए ।

हिजोको खेलमा सिटिले खेलको १९ औं मिनेटमा अग्रता लिएको थियो। रिहाद माहरेजको पासमा डी ब्रुएनले गोल गर्दै सिटिलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा अग्रता लिएको सिटिले दोश्रो हाफको ८४ औं मिनेटमा डर्टमण्डले खेल बराबरीमा पुरायो। खेलको ८४ औं मिनेटमा मार्को रिउसले गोल गर्दै खेल बराबरीमा पुराए। तर खेलको अन्तिम समयमा सिटिका तर्फबाट फिल फोडेनले थप एक गोल गर्दै आफ्नो जित सुनिश्चित गरेका थिए। यस जित संगै सिटि अन्तिम चारमा पुग्ने सम्भावना बढेर गएको छ । अब लिगको दोस्रो लेग अप्रिल १४ मा डर्टमण्डको घरेलु मैदानमा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here