‘मैने एक बार जो कमिटमेन्ट कर दिया तो फिर मे अपने आप की भी नही सुनता।’ यो प्रसिद्ध डायलाग बलिउड अभिनेता सलमान खानको हो । यो डायलाग संगै सलमानले आफ्नो आउदै गरेको फिल्म ‘राधे’ को पोस्टर रिलिज गरेका थिए । सलमानले यो फिल्म ईदमा (मे १३) मा रिलिज गर्ने कमिटमेन्ट (प्रतिबद्धता) गरेका थिए। पोस्टर रिलिज गर्ने समय सलमानले लेखेका थिए, ‘ईदमा कमिटमेन्ट गरेको थिए, ईदमा नै आउने छु।’ त्यस बेला सलमानलाई काहा थाहा दियो त उल्टै कोरोना नै दबंग भएर आउँछ भन्ने ?

कोरोनाले बलिउडमा ठुलो असर पारेको छ । कोरोना सुरु हुनु अघि अक्षय कुमारको ‘सूर्यवंशी’ रिलिज हुँदै थियो । गत बर्षको २४ मार्चमा रिलिज हुने भनेको ‘सूर्यवंशी’ कोरोना बढेसंगै भारत सरकारले लागेको लकडाउन कारण रोकिएको थियो। फेरी अहिले अप्रिल ३० मा रिलिज हुन लागेको ‘सूर्यवंशी’ कोरोनाका कारण फेरी एक पटक रोकिएको छ ।

त्यस्तै अमिताभ बच्चनको ‘चेहरे’ को रिलिज पनि मेकर्स अहिलेको लागि रोकेको छ। यस्तो समयमा सलमानको फिल्म समयमा नै रिलिज हुन्छ कि हुँदै भन्ने प्रश्न उब्जिएको भएको छ । भारतीय संचार मध्यमका अनुसार ‘राधे’ को ट्रेलर सेन्सर बोर्डले पास गरिसकेको छ। फिल्मका निर्देशक प्रभु देवाको अप्रिल ३ मा जन्मदिन थियो। उक्त दिनमा ट्रेलर लन्च हुने अनुमान गरिएको थियो । तर त्यो दिन भने ट्रेलर लन्च भएन । अब अहिले स्थिति बदलिदै गएको छ। भारतमा कोरोना बढ्दै गएको छ जसका कारण बिभिन्न राज्यका सरकारहरुले सावधानी अपाउदै नाइट कर्फ्यु देखि विकेन्ड लकडाउनको घोषणा गरेका थिए । त्यस्तै बिभिन्न राज्यमा सिनेमा हाल बन्द गर्न आदेश दिईसकेको छ।

अहिले यूपी, मध्य प्रदेश, राजस्थान र दिल्ली नाइट कर्फ्यु लगाईसकेको छ । यस्तो माहोलमा धेरै फिल्मले आफ्नो रिलिज डेट सारिसकेको छन् । ईदको समयमा रिलिज भएको सलमानको फिल्महरुले रेकर्ड राखेको छ जसका कारण ‘राधे’ पनि ईदमा नै रिलिज गर्ने बताइएको थियो । सन् २००९ देखि सलमानले आफ्नो धेरै फिल्म ईदको समय रिलिज गरेका छन् । ईदको समयमा रिलिज भएको सलमानको फिल्म ब्लक बस्टर साबित हुँदै आइराखेको छ । ईदको समय सलमानको निकै कमजोर मानिएका फिल्महरु पनि १०० करोडको व्यापार गरेको छ।

 ईदको समय रिलिज भएको सलमानको फिल्मको कमाई 

सालफिल्मलागतभारतमा कमाईविश्वभरमा कमाई
२००९वान्टेड३५ करोड६१ करोड१०० करोड
२०१०दबंग४२ करोड१४० करोड२२० करोड
२०११बाडीगार्ड६० करोड१४८ करोड२५० करोड
२०१२एक था टाइगर७५ करोड१९९ करोड३३४ करोड
२०१४किक१४० करोड२३३ करोड३८८ करोड
२०१५बजरंगी भाईजान९० करोड३२१ करोड९६९ करोड
२०१६सुल्तान९० करोड३०० करोड६१४ करोड
२०१७ट्यूबलाइट१०० करोड१२० करोड२११ करोड
२०१८रेस-३१५० करोड१६७ करोड३०० करोड
२०१९भारत१०० करोड२११ करोड३२५ करोड

 

कोरोनाको समयमा रिलिज गरिएका फिल्मले त्यति राम्रो नतिजा निकाल्न सकेन। ‘मुम्बई सागा’ले सामान्य समयमा फिल्म चलेको भए फिल्मली तीन गुना व्यापार गर्ने बताएका छन्। मुम्बई सागाले जम्मा १६.५३ करोडको व्यापार गरेको थियो ।

 कोरोना पछि रिलिज भएका फिल्महरुको कमाई 

फिल्मकमाई
रूही२३.२५ करोड
साइना१.१६ करोड
मुम्बई सागा१६.५३ करोड
सन्दिप और पिंकी०.३५ करोड

‘राधे’को रिलिज डेट पछि धकेलियो भने जूनमा बक्स आफिसमा फिल्मको ट्रैफिक जाम लाग्नेछ । अक्षय कुमारको ‘बैलबाटम’, रणवीर सिंह को ‘83’ , ‘फास्ट एण्ड फ्यूरियस’ संगै ‘सूर्यवंशी’, ‘चेहरे’ पनि यही समयमा रिलिज हुने तरखरमा छन्। यस्तो परिस्तिथिमा अब एउटा फिल्मलाई मात्र नभई सबै फिल्मलाई नोक्सान हुने सम्भावना छ। राधे’को रिलीजमा डेटले बलिउडमा दुई-तीन महिनासम्म असर गर्ने सम्भावना रहेको छ। (भास्करबाट साभार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here