यसपटकको दशैंमा नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको महान चाड दशैंको अवसर पारेर हरेक वर्ष रुपैयाँ ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु साट्दै आएको थियो ।

यसवर्ष भने कोरोना भाइरस फैलन सक्ने भन्दै सरकारले नयाँ नोट वितरण नगर्ने भएको हो

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नयाँ नोट वितरण नगरिने राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका एक अधिकारीले जानकारी दिए ।

बैंकले नयाँ नोट वितरण नगर्नेबारे असोजको पहिलो साता आधिकारिक जानकारी दिइने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here