संघीय संसदको प्रतिनिधि सभामा आज नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद गुमेको छ ।

आज बसेको प्रनितिधि सभाको बैठकमा सभामुख सापकोटाले चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी सांसदबाट हटाइएको सूचना सभामा जानकारी दिएका हुन्। मंगलबार माओवादीले प्रतिनिधिसभाका चारै जना सांसदहरूलाई सांसद पदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको थियो ।


संसद् चलेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ । जस अनुसार आज सभामुखले सभामा जानकारी दिएका छन् ।

हाल चारैजना सांसद अहिले मन्त्री छन् । २०७४ सालको आम निर्वाचनमा चारै जना सांसद माओवादी केन्द्रबाट चुनाव जितेका थिए। तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला उनिहरुले ओलीलाई समर्थन गर्दै आएका थिए । फाल्गुन २३ गते सर्वाच्चले नेकपा एमाले र माओवादी ब्युताई दिएपछि चारै जना दाहाललाई छोडेर ओली समुहको एमालेतिर लागेका थिए। अहिले उनिहरुउनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here