प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बाट साबधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसभामा सम्बोधनका क्रममा ओलीले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको सबैले सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति सिर्जना हुने भएकोले सबैले सावधानीका उपाय अपनाउनुपर्ने आग्रह गरेका हुन्।

उनले भने,

'कोभिड-१९ को सन्दर्भमा म भन्न चाहन्छु। 
हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने 
स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने। हामी सावधान हुनुपर्छ 
अहिलेदेखि, दूरी(डिसटेन्स) कायम गर्ने, मास्क लगाउने। 
किञ्चित हामी कोभिड-१९ लाई अवसर नदिऔं। मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले 
हातमुख राम्रोसँग धोऔं। अलि तातोतातो पानी लिँदै 'नस' लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं 
पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट! 
नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुइटा पात उमाल्दिऊँ बेसरी गालगुल गरिदिऊँ, 
घाँटीमा बसेको चट, स्टिम लिइदिऊँ, फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ। 
अब हन्ड्रेड परसेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। 
भ्याक्सिनले पनि केही परसेन्ट सुरक्षित गर्ने हो 
केही परसेन्ट बाँकी रहन्छ त्यही केही परसेन्टभित्र परियो भने गैगयो नि। त्यसकारण पूर्ण भन्ने कुरा 
सतप्रतिशत केही पनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ।'

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here