समसामयिक राजिनिती परिस्तिथि बारे छलफल र रणनीति तयार पार्न नेपाली कांग्रेसले बिपक्षी दलहरुसंगको वार्तालाई तिब्रता दिएको छ । हालै सम्पन्न केन्द्रिय समितिको बैठक बमोजिम कांग्रेस सभापति शेरबहादुर देउबा ले वर्तमान सरकारकोविरुद्ध एक मत बनाएर कसरि अगाडी बढ्न सकिन्छ भन्ने बारे परामर्श गर्न शुक्रबार ३ बजेका लागि नेकपा माओवादी (केन्द्र) र समाजवादी पार्टीलाई देउबा निवास बोलाएका छन् ।

देउबा निकट स्रोतका अनुसार भोलिको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेल लगायत शिर्ष नेताहरु उपस्थित रहने छन्। उक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको बिकल्प खोज्ने बारे छलफल हुने बताइएको छ।

३० गते बसेको कांग्रेसको केन्द्रिय समितिको बैठकले प्रधानमन्त्री ओलीको राजिनामा माग गर्दै वैकल्पिक सरकारको नेतृत्वको पहल गर्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसले शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here