तस्बिर: रासस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली संसद छलेर भाग्न खोजेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा कांग्रेस सांसद गगन कुमार थापाले प्रधानमन्त्री संसद् छलेर भाग्न खोजेको भन्दै संसदमा आएर सांसदको प्रश्न फेस गर्न चूनौति दिए । उनले भने, ‘प्रधानमन्त्रीजयू, तथ्य र तथ्याङ्कमा टेकेर बहस गर्न म संसदमा निम्तो दिन चाहन्छु। होइन भने सभा-सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के चिलिमे बैठके र चौतारे राखेर माथिबाट ठोक्ने अनि माननीय सांसदले बाल कविता सुनाउने। म हामी तपाईंसँग बहस गर्न तयार छौं। ल आउनुस्।’

उनले सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक हातमा लिएर प्रधानमन्त्रीले संसद बाहिर मिथ्यांक प्रस्तुत गर्दै हिडेको आरोप पनि लगाए । सरकारले गरेका कामका बारेमा पहिला आफूसँग आएर बहस गर्न र पछि उद्घाटन गर्न बाँकी रहेका पुल उद्घाटन गर्न र ती सकिएपछि बालुवाटारमा खाली रहेको जग्गामा बन्ने घरको उद्घाटन गरेर बस्न भन्दै उनले व्यंग गरे ।

उनले भने ‘सुरू भइसकेका पुल उद्घाटन सक्किएपछि बालुवाटार परिसरमा थुप्रै जग्गा खाली छ। त्यहाँभित्र प्रत्यके दिन एउटा भवनको शिलान्यास गर्नु होला। त्यहाँ बनेको कोठाको उद्घाटन गर्नुहोला।’

त्यस्तै थापाले मेलम्चीको खानेपानी योजनामा विगत वर्षौंदेखि काम भइरहेको तर सरकारले भने पछिल्ल ५७ दिनमा मात्रै सबै काम भएका हुन् भनेझैं प्रचार गरिरहेको तर्क गरे ।

थापाले सरकारले जनता र राष्ट्रको आवश्यकता र प्राथमिकताको विषयमा केन्द्रित हुनुको साटो पुराना सडक र ठेक्कै नभएको आयोजनाको उद्घाटन र शिलान्यासमा ध्यान केन्द्रित गरेको आरोप पनि लगाए । उनले भने,’हाम्रा आयोजना थला पर्नुमा संस्थागत, आभारभूत समस्या छ। मोडालिटीमा, स्रोत, समन्वय, शैलीमा, कानुनमा समस्या छ । नेतृत्वबाट हाम्रो अपेक्षा त यसलाई बदल्ने हो। मिथ्याङ्क ल्याएर गफ चुटेको छ। बसेर यो भयो, त्यो भयो भनेको छ। चालु भएको पुल २ वर्षपछि उद्घाटन गरेको छ। ठेक्का लागेको छैन, सुनकोसी मरिन डाइभर्सनको शिलान्यास गरेको छ। सबस्टेशन चार्ज भएको कहिले? अस्ति गएर थिचेको छ बटन। के को तमासा हो?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here