फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले सदनलाई बिजनेश नदिएर सदनका काम कारवाहीलाई रोक्ने काम नगर्न सरकारलाई सुझाव दिए । आज प्रतिनिधि सभाको बिशेष समयमा बोल्ने क्रममा माओवादीका संसद पौडेलले सदनलाई बिजनेश नदिएर सदनका काम कारवाहीलाई रोक्ने काम नगर्न सरकारलाई सुझाव दिए ।

उनले भने, “संविधान निर्माणमा हालका सबै राजनीतिक दलको योगदान रहेकाले संविधानको मर्म र भावनाबारे आफूहरुलाई राम्रो ज्ञान छ, सदनका गतिविधिलाई रोक्नु भनेको लोकतन्त्र, राजनीतिक संस्कार र मूल्यमान्यताविपरीतको कार्य हो, जनताको भावनाअनुरुप सदनलाई अघि बढाइयोस् । अदालतको फैसलापछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ कि पर्दैन ।”

उनले अदालतको फैसलापछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएपनि प्रधानमन्त्री ओली त्यसतर्फ अग्रसर नभएको आरोप लगााए । मुलुक र जनताको आवश्यकताका आधारमा प्राथमिकीकरण गरी योजना छनोट गरी त्यस्ता नीति र कार्यक्रमको ठिक ढङ्गले कार्यान्वयन गर्न उनले सुझाव दिए ।

उनले भने, “आयोजनालाई ठिक समयमा सम्पन्न गर्न अनुगमनको व्यवस्थासहित राम्रो गर्नेलाई पुरस्कृत गर्ने र नगर्नेलाई दण्ड गरियोस् विकास र समृद्धि अघि बढेको भाषण मात्र नगरियोस् ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here