पोखरामा आज मात्र ३० जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालय पोखराका अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा पोखरमा १८ जना पुरुष र १२ जना महिला गरि कुल ३० जनामा संक्रमण देखिएको हो।

पोखरामा आज सबै भन्दा बढी संक्रमित १२ नं वडामा देखिएको छ। उक्त वडामा ५ महिला र ३ पुरुष गरि ८ जनामा संक्रमण देखिएको छ। त्यस्तै १० नं वडा मा ५ पुरुष र २ महिला गरि ७ जना , २० नं वडामा २ महिला र १ पुरुष, १४ नं वडामा १ पुरुष र १ महिला , ८ नं वडामा ३ पुरुष, ३०,५ नं वडामा १-१ पुरुष र ९ र ४ नं वडामा १-१ महिला १३ नं वडामा २ महिला, १ नं वडामा १ महिला,१६ नं वडा १ पुरुष रहेका छ। त्यस्तै एक जना महिलाको भने स्रोत खुलेको छैन।

त्यसै गरी नवलपुरको गैडाकोट एक पुृरुष, कावासोती एक महिला र देवचुलीका एक पुरुष, तनहुँको भानुका दुई महिलामा पनि संक्रमण देखिएको छ । आज गण्डकी प्रदेशमा ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ। निर्देशनालयका अनुसार आजका सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको हो।

गण्डकी प्रदेशमा अहिले सम्म २ हजार ३ सय ८ जनामा कोरोना संक्रमण देखिसकेको छ ।
त्यस मध्ये १ हजार ७ सय १२ जनामा निको भएर घर फर्किएका छन् भने अहिले गण्डकी प्रदेशमा कोरोनाबाट १५ जनाको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here