न्युयोर्क- जेम्स बोन्ड फ्रेन्चाईजको २५ औं फिल्म ‘नो टाइक टु डाई’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ।

कोरोना संक्रमणका कारण विश्वभरि सिनेमा हल बन्द भएपछि यसको रिलिजको समय स्थगित गरिएको थियो। तर, फिल्मको बारेमा चर्चा बटुलिरहन यसको दोस्रो ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा बोन्ड अर्थात ड्यानियल क्रेग जागिरको अवकासपछि छुट्टि बिताउन जमैकामा आराम गरिरहेका हुन्छन्। यत्तिकैमा उनको पुरानो साथी जेफरी राइट सहयोग माग्न उनी कहाँ आइपुग्छन्। जेफरीको आग्रहमा बन्दी बनाइएका वैज्ञानिकलाई बचाउन उनी फेरि सक्रिय हुन्छन्। ट्रेलरमा उनी फिल्मका खलनायक सफिन अर्थात रामी मालेकसँग फाइट गरिरहेको दृश्य देखाइएको छ।

कोरोनाका कारण यो फिल्म ६ महिनादेखि रिलिज हुन पाएको छैन । जेम्स बोन्डको शृंखला बन्न सुरु भएको ५८ वर्ष पुरा भइसकेको छ। यसअवधिमा २४ वटा फिल्म रिलिज भइसकेका छन्। ड्यानियल पाँचौ पल्ट जेम्स बोन्डको भूमिकामा देखिन लागेका हुन्। फिल्म पहिले ३ अप्रिलमा रिलिज हुने कुरा थियो। तर, कोरोनाका कारण स्थगित गरियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here