इन्डियन प्रिमियर लिग(आइपिएल) को १४ औं संस्करणको दोश्रो खेल आज हुँदैछ । आज ३ पटक सिजन जितेको चेन्नई सुपर किङ्ग्स (सिएसके) र अघिल्लो सिजनको उपविजेता दिल्ली क्यापिटल्स(डिसी) बीच साँझ ७:४५ बजे वानखेडे स्टेडियममा खेल हुँदैछ ।

सीएसकेका कप्तान महेन्द्र सिंह धोनीलाई आफ्नो आदर्शका रुपमा लिने दिल्लीका कप्तान ऋषभ पन्त बीच आज कडा टक्कर हुँदैछ। ऋषभले पहिलो पटक कप्तानीको जिम्मा पाएका हुन् ।

दिल्लीका तीन प्रमुख खेलाडीले आज हुने खेलमा खेल्नेछैनन्। कगिसो रबाडा र एनरिच नार्किया अहिले क्वारिनटाइनमा भएका कारण आजको खेल खेल्ने छैनन्। यी दुई केहि दिन अघि साउथ अफ्रिकाबाट आए रबाडा र नार्किया नियम अनुसार ७ दिन आइसोलेसनमा बस्नुपर्ने छ । त्यस्तै अक्षर पटेललाई कोरोनाको संक्रमण देखा पारेको छ । त्यस्तै चेन्नईका लुनगी एनगिडी पनि आजको खेल खेल्ने छैनन् । एनगिडी पनि रबाडा र नार्कियासंगै साउथ अफ्रिकाबाट आइपिएल खेल्न भारत पुगेका हुन्।

दिल्ली र चेन्नईबीच अहिलेसम्म २३ खेल भएको छ। जसमा चेन्नईले १५ खेलमा जित हात पारेको छ भने दिल्लीले ८ खेल आफ्नो नाम गरेको छ । पछिल्लो सिजनमा दुवै खेलमा दिल्लीले चेन्नईलाई पराजित गरेको थियो। सन् २०२० को पहिलो खेलमा दिल्लीले चेन्नईलाई ४४ रन र दोश्रो खेलमा ५ विकेटले पराजित गरेको थियो।

चेन्नई किङ्ग्सको टीम

दिल्ली कैपिटल्स

महेन्द्र सिंह धोनी (कप्तान)ऋषभ पन्त (कप्तान)
के भगत वर्माकैगिसो रबादा
इमरान ताहिरमार्कस स्टोइनिस
एम हरीशंकर रेड्डीसैम बिलिंग्स
रुतुराज गायकवाड़अजिक्य रहाणे
मोइन अलीक्रिस वोक्सर
सी हरी निशान्तविचंद्रन अश्विन
रबिन्द्र जडेजास्टीव स्मिथ
दीपक चाहरएम सिद्धार्थ
नारायण जगदीसनललित यादव
सुरेश रैनाविष्णु विनोद
केएम आसिफआवेश खान
शार्दुल ठाकुरअक्षर पटेल
आर साई किशोरश्रेयस अय्यर
फाफ डुप्लेसिसअमित मिश्रा
ड्वेन ब्रावोइशांत शर्मा
जोश हेजलवुडरिपल पटेल
चेतेश्वर पुजाराशिखर धवन
कर्ण शर्माशिमरोन हेटमायर
लुंगी नगिदीप्रवीण दुबे
अंबाती रायुडूपृथ्वी शाह
 मिशेल सेंटनरएनरिक नोत्र्जे
 कृष्णप्पा गौतमटम कुर्रन
सैम कुर्रनउमेश यादव
राबिन उथप्पालुकमान मेरीवाला

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here