नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिना (महालक्ष्मी) उपाध्यायले २१ दिनमा कोरोना भाइरसको महामारीलाई परास्त गर्दै पूर्ण स्वस्थ भएकी छिन्।

हेटौंडास्थित आफ्नो सहकारीकी एक सहयोगी कर्मचारीबाट कोरोना संक्रमितको सूचिमा परेकी नेतृ डिनाले शनिबार बिहान २१औं दिनमा कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट पाएकी हुन्।

उनको परिक्षणमा कोरोना मुक्त भएको रिपोर्ट पाएलगत्तै उनका श्रीमान दिनेश उपाध्यायले आफ्नो फेसबुकमार्फत डिनाको शिघ्र स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति धन्यवाद दिएका छन्।

संक्रमणको आशंका लागेपछि राजधानी आएर परिक्षण गर्दा पोजेटिभ देखिए लगत्तै ललितपुरस्थित निवासमा उनी होम आइसोलेशनमा बसेकी थिइन्।

आफू कोरोना मुक्त भएको रिपोर्ट पाएपछि हिमाल दैनिकसँग कुरा गर्दै नेतृ डिनाले आफूलाई सुरुमा तीन दिनजति ज्वरो आउनका साथै घाँटी सुख्खा भएर कमजोर महसुस भएको बताइन्।

त्यसपछिका दिनमा उनले नियमित रुपमा झोलिलो खानेकुरा, तातोपानी, बेसार, मरिच, ल्वाङ, सुकमेल, गुर्जो पानी, पनिर, च्याउ, गेडागुडीको रस, महपानी, कागती पानी खाएर बसेको बताइन्।

संक्रमित भएको ११औं दिनमा पनि रिपोर्ट पोजेटिभ आएपछि उनलाई कमजोरी हटाएर शरिरमा तागत बढाउन भिटामित बिकम्प्लेक्स, भिटामिन डि, सि दिएको उनका श्रीमान दिनेशले बताए।

अहिले आफूलाई स्वास्थ्यसम्बन्धि कुनै समस्या नरहेको र कोरोनालाई जित्न सफल भएकोमा खुशी भएको बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here