भारतमा कोरोना महामारीले नयाँ रेकर्ड बनाएको छ। भारतमा पछिल्लो २४ घण्टामा २ लाख १६ हजार जनामा कोरोना पुष्टि भएको छ । एकै दिन भारतमा यति धेरैमा संक्रमण देखिएको यो पहिलो पटक हो। यस अवधिमा १ लाख १७ हजार ८२५ ठिक भएका छन् भने १ हजार १८२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ९ दिन यता हरेक दिन १ लाख भन्दा बढी संक्रमित थपिएका छन्। नौ दिनमा भारतमा १३ लाख ८८ हजार ५१५ मा कोरोना पुष्टि भएको छ।

यस संगै भारतमा कुल १.४२ करोडमा कोरोना भईसकेको छ, जसमा १.७४ लाख को मृत्यु भएको छ भने १.२५ यस बाट निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here