स्टार फरवार्ड केलियन एमबाप्पेले गोल गर्दा फ्रान्सले यूईएफए नेसन्स लिगमा विजयी शुरुवात गरेको छ ।

फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

फ्रेन्ड्स एरिना सोल्नमा गएराति भएको खेलमा पाहुना टोली फ्रान्सको जितमा एम्बाप्पेले गरेको एक गोल नै निर्णायक बन्यो । अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाएपनि एन्टोइन ग्रिजमनले सदुपयोग गर्न सकेनन् ।

खेलको शुरुवातमा घरेलु टोली स्वीडेनले दवावमा राखे पनि फ्रान्सको रक्षापङ्ति तोड्न सकेन ।

खेलको ४१औं मिनेटमा फ्रान्सले एमबाप्पेको गोलबाट १–० को अग्रता लिएको थियो । त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र फ्रान्सले १-० को जित निकाल्यो ।

यससँगै समूह ‘ए’ –३ मा ३ अंक जोडेको फ्रान्स दोस्रो स्थानमा  रहेको छ । समान ३ अंक जोडेको पोर्चुगल गोलअन्तरका आधारमा समूहको पहिलो स्थानमा छ । अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र पुछारमा छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here