चन्द्रागिरि नगरपालिका- १ झ्याङ्गाझिटीमा आफ्नै बुबाआमामाथि खुकुरी प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शनिबार राति घरायसी विवाद हुँदा ३२ वर्षीय श्री तामाङले आफ्नै ४८ वर्षीया विष्णु तामाङ आमा र ५३ वर्षीय बुबा श्याम कुमार तामाङलाई खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट घाइते आमा र बुबा दुबै जनालाई उपचारको लागि अस्पताल भर्ना गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते भएका श्यामको गर्दनदेखि कानसम्म र विष्णुको घाटीमा चोट लागेको छ । उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here