बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएको आशंका गरिएको छ।

स्थानीय निकाय र प्रशासनले समयमै नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा स्थानीय बासिन्दा संक्रमणको उच्च जोखिमबाट चिन्तित भएका छन्।

अहिलेसम्म बाँसगढीका ४९ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ४३ जना निको भइसकेका छन् भने ६ जनालाई आइसोलेसनमा उपचाररत छन्।

भारतसँग सीमा जोडिएकाले बर्दिया कोरोना संक्रमणको जोखिममा छ। जिल्लाभर हालसम्म ३८२ संक्रमित फेला परिसकेका छन्। सीमापार आवागमनमा स्थानीय प्रशासन र निकायले कडाइ नगर्दा कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने सम्भावना रहेको एक स्थानीयले बिताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here