नेपालमा आइतबार थप ९८० जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा महिला २९० र पुरुष ६९० गरि थप ९८० जनामा कोरोना पुष्टि स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको छ, जसअनुसार काठमाडौंमा २९० , भक्तपुरमा ३२ र ललितपुरमा ३२ जना रहेका छन् । त्यस्तै आइतबार १,८१४जना डिष्चार्ज भएका छन् यो संगै नेपालमा कोरोना निको भएर निको हुनेको संख्या २८९४१ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ र झापाका एक एक महिला , काठमाडौंका तीन पुरुष तथा मोरङ, पर्सा, धनुषा र चितवनका एक एक पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल सक्रिय संक्रमितको संख्या १७०२७ जना रहेका छन् भने क्वारेन्टाइनमा ४७०३ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here