स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । काठमाडौंको वीर अस्पताललाई कोभिड १९ को अस्पतालको रुपमा प्रयोग गर्ने र त्यहाँ आएका अन्य नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट दिने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले विभिन्न शिक्षण संस्थामा स्वास्थ्यस सम्बन्धी अध्ययनरत विद्यार्थीलाई कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि खटाउने निर्णय पनि गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै उपत्यकामा गम्भिर अवस्थाका कोरोना संक्रमति उपचाकरा लागि ६० वेडको आइसीयु व्यवस्थापन गर्न बजेट छुट्टाइएको उनले बताए ।

त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा ६० वेडको आइसीयु थप गर्न बजेट थप भएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here