दुईमहिने शिशु शिवांश अवस्थीलाई कलेजो दान गर्ने बैतडीका बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित रहेर गीत तयार गरिएको छ । संगीतकार कमला सापकोटाको शब्द तथा संगीतमा तयार भएको ‘जिन्दगी’मा महेशको कथा समेटिएको छ । गीतमा निशान भट्टराईले स्वर दिएका छन् ।

महेश अवस्थीको मर्मस्पर्शी र कहालीलाग्दो संघर्षको कथाले आफूलाई गीत लेख्न प्रेरित गरेको संगीतकार कमलाले बताइन् । गीतमा आफ्नो छोरालाई बचाउनका लागि बाबाले गरेको अकल्पनीय संघर्षलाई देखाइएको कमलाको भनाइ छ ।

नेपाली समाजलाई उत्प्रेरणा दिने खालको गीतमा स्वर दिन पाएकोमा निशानले पनि खुसी व्यक्त गरे । स्टुडियोमा यो गीतको रेकर्ड गर्दा नै आफू निकै भावुक बनेको निशानले बताए । शब्द र संगीत उत्कृष्ट रहेकाले यो गीत गाउन पाउनुलाई निशानले अवसरको रूपमा हेरेका छन् ।

गीत निशानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतबाट आउने सम्पूर्ण कमाइ शिवांशको उपचारका लागि सहयोग गरिनेछ ।

युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोमा निर्मला न्यौपाने र रेखा घिमिरेलाई फिचर गरिएको छ । भिडियोलाई राज पोखरेलले खिचेका हुन् भने सम्पादन विकाश दाहालले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here