पोखरामा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालमा भएको परीक्षणमा पोखराका ३१ जना, जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमित हुने २२ जना महिला र ९ जना पुरुषमा रहेका छन् । ती मध्ये पोखरा फूड्स प्रा लिमा कार्यरत २५ जना कर्मचारी रहेका छन् भने दुई जना पोखराको मेडीसिटी अस्पतालमा उपचाररत २ जना विरामी हुन् । त्यसै गरी २ जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् भने दुई जना महिला सहयोगि कर्मचारी हुन् ।

त्यस्तै आज नवलपरासी पु मा १५ जना, गोरखामा १८ जना,तनहुँमा ३ जना गरि थप गण्डकी प्रदेशमा थप ३६ मा कोरोन पुष्टि भएको छ।
नवलपुरको गैंडाकोटका ६ जना पुरुष र दुई जना महिला, देवचुलीका ५ जना पुरुष र दुई जना महिला, गोरखाको गोरखा नगरपाकिलाका ४ जना पुरुष र दुई जना महिला, पालुङटारका एक महिला र एक पुरुष र तनहुँको व्यासका ४ जनामा पुरुषमा कोरोना संक्रमा पुष्टि भएको शर्माले जानकारी दिए ।

यससंगै गण्डकी प्रदेशमा २ हजार ५ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकीमा अहिले सम्म १ हजार ७ सय ८५ जनामा निको भएर घर फर्किएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here