मछिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका युवाहरुलाई रिहाईको गर्नुपर्ने माग गर्दै स्थानीयहरुले विरोध जनाएका छन् ।

सोमबार उनीहरुले ललितपुरको जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने प्रयास गरेपछि प्रहरीले हटाएको थियो । प्रशासन कार्यालय पुगेर धर्नामा बस्न थालेपछि प्रहरीले हटाएको हो ।

विरोध प्रदर्शनलाई मध्यनजर गर्दै मानभवनभित्र रहेको प्रशासन कार्यालय व्यापक प्रहरी परिचालन गरिएको थियो । यसअघि बिहीवार जबरजस्ती रथ तानेपछि पुल्चोकमा रथ तान्ने युवा र प्रहरीबीच घम्साघम्सी परेको थियो। ट्राफिक प्रहरीलाईसमेत कुटपिटमा उत्रेकाहरुसहित केहिलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये केहिलाई रिहा गरिएको छ भने केहिलाई सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here