क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २०२० सिजनको सेमिफाइनल पुगेको छ। अब सिपिएलमा २ सेमि-फाइनल र १ फाइनल गरि तीन खेल खेल्न बाँकी छ।

लिगका ६ टिममध्य सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्स, गुयाना एमेजन वारियर्स, सेन्ट लुसिया जुक्स र जमैका तलावाज पुगेको छ। सबै टिमहरु सिधै क्वालिफाई भएका हुन्।

वेस्ट-इण्डिजका दिग्गज खेलाडी किरोन पोलार्ड कप्तान रहेका ट्रीनबेगो नाइट राइडर्स सेमि-फाइनलमा पुग्ने पहिलो टिम हो। लिग चरणमा नाइट राइडर्सले सबै खेल जितेर सेमिफाइनल पुग्ने पहिलो टिम हो। डबल राउण्ड रोबिन ढाँचा अनसार राइडर्सले २-२ पटक सबैलाई हराएको थियो। राइडर्सले १० खेल जितेर २० अंक हासिल गरेर अंक तालिकाको शिर्ष स्थानमा पुग्न सफल भएको थियो।

राइडर्सपछि गुयाना एमेजन वारियर्स दोस्रो स्थानमा रहेको छ। १० खेल मध्य वारियर्सले ६ खेल जितेको थियो भने ४ खेल हरेको थियो। सेन्ट लुसिया जुक्सले पनि १० खेलमा ६ खेल जित हासिल गर्दै सेमि फाइनलमा प्रबेश गरेको छ। सेमि फाइनलको चौथो टिम जमैका तलावाज हो। उक्त टिममा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध छन्। जमैकाले १० खेलमा मात्र ३ खेल जितेको छ ।

पहिलो सेमिफाइनलमा लिग चरणको अपराजित ट्रीनबेगो नाइट राइडर्ससँग जमैका मंगलबार ब्रायन लारा स्टेडियममा खेल्ने छ। मंगलबार रातीनै अर्को सेमिफाइनलमा गुयाना एमेजन वारियर्स र सेन्ट लुसिया जुक्स भिड्ने छन् । फाइनल बिहिबार हुनेछ ।


सन्दीपको उत्कृष्ट प्रर्दशन, जमैका पराजित


सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दिप चौथो स्थानमा 

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले लिगमा आफ्नो उत्कृस्ट लयलाई कायमै राखेका छन्। सेन्ट लुसिया जुक्स बिरुद्ध सन्दिपले १ विकेट लिंदै ४ ओभरमा मात्र २० रन खर्चिए। यस क्रममा उनले लिगमै पहिलो पटक मेडन ओभर पनि गरे। उनले खेलमा आक्रामक ब्याटिंग गरिरहेका रखिम कर्नवालको महत्वपूर्ण विकेट पनि लिए। उनले अन्य बलर भन्दा किफायती बलिंग पनि गरे र मात्र ५ रन प्रतिओभर खर्चिए। १ विकेट लिंदै उनले लिगमा विकेट संख्या १२ पुर्याए।

सेन्ट लुसिया बिरुद्ध १ विकेट लिंदै सन्दिपले जारि सिपिएलमा विकेट संख्या १२ पुर्याएका छन्। लिगको धेरै विकेट लिने बलरको सूचीमा सन्दिप चौथो स्थानमा रहेका छन्। पहिलो स्थानमा जमैकाकै मुजिब उर् रहमान र इमरान ताहिर संयुक्तरुपमा रहेका छन् जसले १५ विकेट लिएका छन्। दोश्रो स्थानमा सेन्ट लुसियाका स्कट कग्लाइन रहेका छन् जसले १४ विकेट लिएका छन्। तेश्रो स्थानमा सेन्ट लुसियाका केसरिक विलियम्स रहेका छन् जसले १३ विकेट लिएका छन्। सन्दिपले १० खेल खेल्दै ९ खेलमा बलिंग गर्ने क्रममा ३६ ओभरमा १ मेडन ओभर गर्दै १८२ रन खर्चेर १२ विकेट लिएका हुन्। यस क्रममा उनले प्रत्येक १८ बलमा १ विकेट लिएका छन्। यस्तै उनले लिगमै १० ओभर भन्दा बढी बलिंग गर्न बलरहरु मध्ये पाँचौ किफायती बलिंग पनि गरेका छन्। उनले प्रतिओभर ५.०५ रन मात्र खर्चीरहेका छन्।


यस्तो रह्यो सन्दीपको प्रर्दशन

जमैकाले सन्दीपलाई आठौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बल रोस्टन चेशलाई डट राख्दा दोस्रो बलमा लेग वाईका रुपमा चार रन खर्चिए । तेस्रो बल डट राखेका सन्दीपले चौथो बलमा एक रन दिए । पाँचौ बलमा रहकीम कर्नवालले छक्का प्रहार गरे । तर अन्तिम बलमा सन्दीपले कर्नवाललाई बोल्ड आउट गरे ।

११ औं ओभरको पहिलो बलमा सन्दीपले चेशलाई एक रन दिए । सन्दीपको दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौं बलमा नाजिबुल्लाह जद्रानले कुनैपनि रन जोड्न सकेनन् ।

१३ औं ओभर सन्दीपले मेडन राखे । चेशले सन्दीपको ६ बलमा कुनैपनि रन जोड्न सकेनन् ।

१५ औं ओभरको पहिलो बलमा चेशलाई डट राखेका सन्दीपले दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा जद्रानले चौका प्रहार गरे । चौथो बल डट राख्दा पाँचौ बलमा छक्का खर्चिन पुगे । सन्दीपले अन्तिम बलमा एक रन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here