प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईप्रति गरेको कटाक्षपूण टिप्पणीको स्वयं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले कडा प्रतिवाद गरेका छन्।

भट्टराईले हालै पदमुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको विषयमा सामाजिक संजालमा गरेको टिप्पणीको सोमबार बिहानै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकबाट तथानाम गाली गर्दै गरेको आलोचना गरे त्यसको प्रतिवाद गर्दै प्रवक्ता श्रेष्ठले निहीत स्वार्थमा केन्द्रीत अन्ध चाकडीवाजहरुको प्रशंसा र भजनमा भर नपर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई सचेत गराएका छन्।

पूर्व प्रधानमन्त्रीकाे एक लज्जास्पद टिप्पणी !सामाजिक मर्यादा र शिष्टता पाेलेर खाएपछि सायद यस्तै हुन्छ कि ?डा. बाबुराम…

Surya Thapa ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಭಾನುವಾರ, ಸೆಪ್ಟೆಂಬರ್ 6, 2020

उनले आलोचनात्मक चेत भएका साँच्चैका हितैषीहरुले आफूले ठिक नदेखेको कुरा समयमै भन्ने र गल्ति गर्न वा पतन हुनबाट बचाउँने दाबी गर्दै भट्टराईको अभिव्यक्तिको घुमाउरो पाराले समर्थन गरेका छन्। तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकारको नाम उल्लेख नगरी श्रेष्ठले भनेका छन्, ‘…जबकी निहीत स्वार्थ केन्द्रित अन्ध चाकडीवाजहरुले प्रशंसा र भजन मात्रै गाउँछन् र डुबाउँछन्। त्यसैले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौँ, स्वार्थी अन्ध प्रशंसकहरुमा होइन।’

‪‪आलोचनात्मक चेत भएका साँच्चैका हितैषी हरुले आफुले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ति गर्न वा पतनबाट बचाउँछन् ,जवकी…

Narayan Kaji Shrestha ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಭಾನುವಾರ, ಸೆಪ್ಟೆಂಬರ್ 6, 2020

साथै उनले विचारसहित विवेक भएकाहरु मुर्खहरुले जस्तो नउक्साउने हुँदा उनीहरुप्रति शंका लाग्न सक्ने भएपनि उनीहरु नै विवेकहिन मुर्खहरु भन्दा भरपर्न लायक हुने टिप्पणी गर्दै प्रधानमन्त्री ओलीलाई सजग गराएका छन्। श्रेष्ठले लोकतान्त्रिक पद्धती अन्तर्गत काम गर्दा केही प्रक्रियागत ढिलाई हुन सक्ने बताउँदै अरुको विचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता लोकतन्त्रमा चाहिने बताएका छन्।

‘निरंकुश तानाशाही तन्त्र छलफलको ‘झण्झट’बाट मुक्त र छिटो काम हुने व्यवस्था लाग्न सक्छ। तर, लोकतन्त्र नै उत्तम हुन्छ, निरंकुशतन्त्र होइन,’ श्रेष्ठले भनेका छन्। यसअघि सल्लाहकार थापाले बाबुरामको नामै किटेर उनले व्यक्तको टिप्पणी लज्जास्पद भएको भन्दै लामो प्रतिक्रिया दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here