आइपिएल २०२१ सिजनको २२ औं खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु(आरिसिबी) ले दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गरेको छ । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिंगका लागि क्रिजमा उत्रेको बेङ्गलुरुले २० ओभरमा ५ विकेटको नोक्सानमा १७१ रन बनेको थियो । एबी डिबीलियर्सले ४२ बलमा ७५ रनको परि खेलेका थिए।

त्यसको जबाफमा दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा दिल्लीले १४ रन बनाउनु पर्ने थियो । तर मोहम्मद सिराजले दिल्लीलाइ १२ मात्र दिए । अन्तिम २ बलमा दिल्लीलाई १० रन बनाउनु थियो तर कप्तान ऋषभ पन्तले २ चौका मात्र लगुना सके। पन्तले ४८ बलमा ५८ रन र शिमरन हेटमायर २५ बलमा ५३ रन बनाएर नटआउट भएका थिए। यी दुई खेल्दैले ५ औं विकेटका लागि ४४ बलमा ७८ रनको साझेदारी गरेको थियो। तर यो साझेदारीले भने दिल्लीलाई जित दिलाउन सकेन।

पछिल्लो ५ खेलमा बेङ्गलुरुले दिल्लीलाई पराजित गरेको छ। यो जितसंगै बेङ्गलुरु १० अंक बटुल्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने दिल्ली तेस्रो स्थानमा रहेको छ ।

आइपिएल अंक तालिका

PosTeamPPointsNRR
1710+1.263
2710+0.466
3710-0.171
476+0.062
576-0.264
674-0.494
764-0.690
862-0.264

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here