पूर्वपश्चिम राजमार्गको दमक– ९ स्थित चियादोकान नजिकैको भित्री सडकमा शंकास्पद बस्तु फेला पर्दा केहिबेर जनजिवन त्रासमय बनेको छ ।

एउटा टिनको बट्टामा तार बाधेर सडकमा फालिएको अवस्थामा शंकास्पद बस्तु भेटिएपछि दमक प्रहरीले सेनाको सहयोगमा निस्कृय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए । शंकास्पद बस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले विहान ९ वजे निस्कृय बनाएको हो ।

विहानै शंकास्पद बस्तु देखिएपछि त्यस आसपासका बासिन्दाहरु त्रसित भएका थिए । फेला परेको त्यस शंकास्पद बस्तुमा नेकपा विद्रोही समूहको पर्चा टासिएको र अमेरिकी सहयोग एमसीसीको विरोध गरिएको उल्लेख छ । प्रहरीले बम भनेर त्रसित बनाउने समूहको खोजी कार्य भईरहेको प्रनाउ कार्कीले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here