भारतीय अभिनेत्री मलाइका अरोड़ालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भएसंगै मलाइका सोनी टेलिभिजनमा जारी भईराखेको डान्स रियालिटी शो ‘इंडियाज बेस्ट डांसर’बाट केहि समय टाढा रहने भएकी छिन्।

पछिल्लो समय दर्शक माज लोकप्रिय बनेको उक्त डान्स शोमा मलाइका कोरियोग्राफर गीता कपुर र टेरेन्स लुइस संग जर्जको भूमिका निर्वाह गरेकी थिइन्। हाल कोरोना पुष्टि भएपछि उनि अहिले आफ्नै घरमा सेल्फ क्वारिनटाइन बसेको भारतीय संचार मध्यले जनाएको छ।

शोमा अब उनको ठाउँमा नोरहा फतेहीलाई ल्याउने भएको छ। शोका निर्माता रंजित शर्माका अनुसार मलाइकाको ठाउँमा नोरहलाई राख्ने तय भईसकेको छ। नोरह केहि समय अघि उक्त डान्स शोमा गेष्टको रुपमा आएकी थिइन्। मलाइकाको कोरोना नेगेटिभ आएपछि मात्र शोमा फर्किने छिन्।

अहिले नोरहलाई दुई एपिसोडका लागि मात्र साइन गरिएको निर्माता शर्माले जानकारी दिए। मलाइका भन्दा पहिला उनको प्रेमी अर्जुन कपुरलाई कोरोना देखिएको थियो। उनले आफ्नो इन्स्टाग्राम मार्फत जानकारी दिएका थिए।

त्यस्तै केहि समय अघि शोका सात जना क्रू मेम्बरमा पनि संक्रमण देखिएको थियो जसका कारण तीन दिन सम्म शुटिंग रोकिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here