भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा रिया चक्रवर्तीलाई प्रक्राउ गरिएको छ । उनलाई ड्रग्स केसमा नारकोटिक्स कंट्रोल ब्यूरो(एनसीबि)ले रियालाई पक्राउ गरेको हो।

पछिल्लो समय सुशान्त सिंह मुद्दामा यतिबेला सीबीआई, ईडी र एनसीबीले छानविन गर्दै आइराखेको छ। उनको मृत्युलाई ड्रग्स अंगलबाट एनसीबिले अनुसन्धान गरेको छ। अनुसन्धानमा एनसीबिले रियासंग तीन दिनदेखि पुछतास गरेको थियो। सोमबार उनलाई करिब ८ घण्टासम्म अनुसन्धान गरिएको थियो। अनुसन्धानमा रियाले आफु अहिलेसम्म ड्रग्स नलिएको तर ड्रिक्स र स्मोकिंग भने गरेको बताइन। अहिलेसम्म एनसीबिले यस केसमा रिया सहित ९ जनालाई हिरासतमा लिएको छ। रिया सहित उनको भाई शौविक चक्रवर्ती, सुशान्तको हाउस मैनेजर सैमुअल मिरांडा, सुशान्तको हाउस कीपिंग स्टाफ दीपेश सावंत, आयुष शर्मा, आनंदी, अब्दुल बासित परिहार, जैद विलात्रा र करणलाई एनसीबिले हिरासतमा लिएको छ।

आज नै उनको मेडिकल र कोरोना परिक्षण गरिने भारतीय संचार मध्यमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here