आइपिएल २०२१ सिजनको २४ औं खेलमा मुम्बई इन्डियनसले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १७१ रन बनाएको थियो । त्यसको जबाफमा मुम्बईले १८.३ ओभरमा ३ विकेटको नोक्सानमा १७२ रन बनाउदै खेल आफ्नो नाम गरेको हो । मुम्बईका लागि क्विटन डिकाकले सबै भन्दा बढी ७० रनको पारि खेलेका थिए । आइपिएलको इतिहासमा यो उनको १५ औं अर्धशतक हो।

क्रिस मोरिसले मुम्बईलाई दुई झट्का दिएका थिए। उनले कप्तान रोहित शर्मालाई चेतन सकारियाको हातबाट क्याच गराएका थिए । रोहित १७ बलमा १४ रन बनाएर आउट भएका थिए। उनले डिकाक सनक ४९ रनको साझेदारी गरेका थिए। त्यसपछि मोरिसले सुर्यकुमार यादवलाई जोस बट्लरको हातबाट क्याच गराएका थिए। यादव १० बलमा १६ रन बनाएर आउट भएका थिए।

त्यसपछि डिकाकले क्रुणाल पंड्यासंग मिलेर ६३ रन को सझेधारी गरे। क्रुणाल २६ बलमा ३९ रन बनाएर आउट भए। उनलाई मुस्तफिजुर रहमानले बोल्ड गरेका थिए । डिकाक र कीरोन पोलार्डले ११ बलमा २६ रनको साझेदारी गर्दै खेलमा जित हात परेका थिए । पोलार्डले ८ बलमा १६ रन बनाएर नटआउट रहेका थिए।

यो जित संगै मुम्बई ६ अंक सहित चौथो स्थानमा यथावत रहेको छ भने राजस्थान ४ अंक सहित लिगको ७ औ स्थानमा रहेको छ ।

आइपिएल अंक तालिका

PosTeamPPointsNRR
1710+1.263
2710+0.466
3710-0.171
476+0.062
576-0.264
674-0.494
764-0.690
862-0.264

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here