नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
सोमबार हेम्स अस्पतालमा गरेको पीसिआर परिक्षणमा कोरोना पोजेटिभ भएको जानकारी पाएपछि होम आइसोलेशनमा रहेका कोइराला आफ्नो स्वास्थ्य अवस्थाबारे थप स्पष्ट हुन मंगलबार पुन परिक्षण गर्न अस्पताल पुगेका थिए।

आज गरिएको दोस्रो पटकको स्वाव परिक्षणमा पनि कोरोना भाइरस पोजेटिभ देखिएपछि कोइरालाले फेसबुक मार्फत आफ्नो अवस्थाबारे जानकारी दिएका छन्।

उनले आफ्नो फेसबुकमार्फत भनेका छन्,

‘प्रिय साथीहरू, आज गरिएको परीक्षणका क्रममा म मा कोरोना संक्रमण पुष्टि भएको छ। हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन। चिकित्सकहरुको सल्लाह अनुसार हाल म होम आइसोलेसन (Home Isolation) मा बसेको छु। मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनु हुन अनुरोध गर्दछु।’

 

प्रिय साथीहरू ! आज गरिएकाे परीक्षणका क्रममा म मा काेराेना संक्रमण पुष्टि भएकाे छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै…

Dr Shashank Koirala ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಮಂಗಳವಾರ, ಸೆಪ್ಟೆಂಬರ್ 8, 2020

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here