आइपिएलमा आज महेन्द्र सिंह धोनीको कप्तानी रहेको चेन्नई सुपर किङ्ग्स र रोहित शर्माको कप्तानी रहेको मुम्बई इन्डियनसबीच हुँदै छ । आइपिएलको १४ औं संस्करणको २७ औं खेल आज साँझ ७:४५ बजे अरुण जेटली रंगशालामा हुँदैछ । यो रंगशालामा चेन्नई र मुम्बई ७ बर्षपछि खेल्दैछ । सन् २०१३ मा यस रंगशाला भएको खेलमा चेन्नईले मुम्बईलाइ ४८ रनले हराएको थियो ।

यस अघिको खेलमा हेर्ने हो भने मुम्बईले चेन्नईमाथि हाबी भएको देखिन्छ। पछिल्लो ६ खेलमा मुम्बईबिरुद्ध धोनीको टिमले केवल एक खेलमा जित हात पारेको छ।

आइपिएलको इतिहासमा अहिलेसम्म मुम्बईले सबै भन्दा बढी (५ पटक) ट्रफी हात परेको छ । रोहितको कप्तानीमा मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१८ र २०२० मा च्याम्पियन बनेको थियो। यस भन्दा अघिको सिजनमा दिल्लीलाई हराउदै मुम्बईले आफ्नो उपाधि बचाएको थियो । मुम्बई अहिले सम्म ९ पटक प्ले-अफमा पुगेको छ र ६ पटक फाइनल खेलेको छ ।

त्यस्तै धोनीको कप्तानीमा चेन्नईले तीन पटक(सन् २०१०, २०११, २०१८) मा जित ट्रफी उचालेको छ । चेन्नईले अहिलेसम्म १० पटक प्ले-अफ र ८ पटक फाइनल खेलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here