जारी इन्डियन प्रिमियर लिगमा निकै नै कमजोर प्रदर्शन देखाएको सनराइजर्स हैदराबादले कप्तान परिवर्तन गर्ने फैशला गरेको छ । सन २०१६ मा टिमको कप्तानी सम्हालेका अस्ट्रेलियाका डेविड वार्नरलाई परिवर्तन गर्दै न्युजिल्यान्डका केन विलियम्सनलाई टिमको कप्तानी दिने निर्णय गरेको हो।

आइपिएलको १४ औं संस्करणमा हैदराबादको निकै खराब प्रदर्शन देखिएको छ। अहिलेसम्म ६ खेलेको हैदराबादले ५ हार बेहोर्दै अंक तालिकाको आठौँ स्थानमा रहेको छ । चेन्नई सुपर किङ्ग्सबिरुद्धको हार पछि वार्नरले टिमको कमजोर प्रदर्शनीको जिम्मा लिएको थियो। त्यसको एक दिन पछि उनलाई कप्तानीबाट हटाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here