स्वास्थ्य उपचारका लागि केही समय कामबाट बिदा लिने भनेका अभिनेता सञ्‍जय दत्तले चलचित्र ‘शमशेरा’ को आफ्नो भागको छायांकन सिध्याएका छन् ।

यो चलचित्रका लागि एक साधारण ‘प्याच वर्क’ छायांकन थियो । रणवीरले यसअघि नै छायांकन सिध्याइसकेका थिए । सञ्‍जयको दुई दिनको मात्रै छायांकन बाँकी थियो । उनले पनि आफ्नो भाग सिध्याएका छन् ।

एसराज फिल्मको निर्माणमा बनेको चलचित्रमा आवश्यक सम्पूर्ण सुरक्षाका निर्देशन पालना गरी सञ्‍जयको छायांकन गरेको जनाइएको छ । सञ्‍जयलाई खतरा नहोस् भनेर छायांकन सुरु हुनुअघि नै छायांकनमा संलग्‍न हुनुपर्ने सबैलाई होम-क्वारिन्टिनमा राखिएको थियो भने कोरोना परीक्षण पनि गराइएको थियो ।

यस चलचित्रमा सञ्‍जयका साथै रणबीर कपुर, वाणि कपुर मुख्य भूमिकामा छन् । यही वर्षको जुलाईमा रिलिज मिति तोकिएकोमा कोरोनाका कारण अर्को वर्ष धकेलिएको छ ।

गत महिना फोक्सोको क्यानसर देखिएपछि सञ्‍जयको प्रारम्भिक उपचार मुम्बइमै भइरहेको छ । स्थिती सामान्य हुने वित्तिकै उनलाई उपचारका लागि अमेरिका लगिँने जनाइएको छ । त्यसको लागि उनलाई अमेरिकाले पाँच वर्षको भिसा पनि दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here