प्रिमियर लिग क्लब च्यान्चेस्टर सिटीका खोडी बर्नान्डो सिल्भा नेसन्स लिग फुटबल अन्तर्गत स्विडेनविरुद्धको खेलमा घाइते भएका छन् । समूह चरणको दोस्रो खेलमा उनी घाइते भएका हुन् ।

मंगलबार राति पोर्चुगलले स्विडेनविरुद्ध २–० गोलको जित निकालेको थियो । त्यसै क्रममा सिल्भा खेलको २२ औं मसल्स इन्ज्युरिका कारण मैदान बाहिर आएका थिए ।

पोर्चुगलले सिल्भा घाइते हुँदा टिमलाई धेरै असर पर्ने बताएको छ । पोर्चुगलका मुख्य खेलाडीको रुपमा रहेका शिल्भाले नेसन्स लिगको क्रिएसियाविरुद्धको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले खेल पछि पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै उनको इन्ज्युरीले पोर्चुगलाई धेरै घाटा पुग्‍ने बताएका छन् । उनले सिल्भा छिटै निको हुने आसा राखेको स्काई स्पोर्टस्ले लेखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here