लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुन: नियुक्त भएका शंकर पोख्रेलको शपथ ग्रहण रोक्न प्रतिपक्ष दलका नेताहरु प्रदेश प्रमुखको कार्यलयमा पुगेका छन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा नेपाललगायतका सांसदहरुले आफु संग ४२ सांसद रहेका कारण एकल सरकार बन्न नसक्ने भन्दै तत्काल शपथ ग्रहण रोक्न प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई आग्रह गरेका छन् । साथै उनिहरुले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन गर्नु पर्ने माग गर्दै ४२ सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुख यादव समक्ष पेश गरेका छन्।

८१ सदस्यीय प्रदेशसभामा अब एमालेसंग केवल ३९ सदस्य रहेका छन् भने ४२ सांसदहरु पोख्रेलबिरुद्ध रहेका छन् ।

यसअघि आज नै पोख्रेलले मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए । त्यस लगतै प्रदेश प्रमुख यादवले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त गरेका थिए । उनले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेपछि बिपक्षि दलका नेताहरु प्रदेश प्रमुखको कार्यलय पुगेका थिए ।

एमाले लुम्विनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए। एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने निर्णय गरेको थियो । सोही अनुसार पोखरेलले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।

यस्तै एमालेले एकल बहुमतको सरकार गठनका लागि दाबी गरे लगत्तै लुम्बिनी प्रदेशसभा सदस्य विमला माओवादी केन्द्र रोजेको सूचना सार्वजनिक भएको थियो । वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी थिइन् । एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने दाबी गरेका थिए । तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेकी थिइन् ।

वली दाङ ३ (ख) मा भएको उपचुनावमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट विजयी भएकी थिइन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि लुम्विनीमा सांसदको अंकगणितिय खेल सुरु भएको थियो । त्यस्तै लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्यमन्त्री पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न र शपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here