लेबनानको राजधानी बेरूतको पोर्टमा फेरी आगलागी भएको छ। अन्तराष्ट्रिय संचार मध्यमका अनुसार आइतबार बेरुतमा तेल र टायर राख्ने गोदाममा आगलागी भएको छ । लेबनान आर्मीका अनुसार, पोर्टको ड्यूटी फ्री जोनको एक गोदाममा आगलागी भएको हो। सेनाहरु हेलिकप्टरको मद्दत लिएर आगो नियन्त्रणमा लिने प्रयास भईराखेको संचार मध्यमले जनाएको छ। त्यस परिसारमा आवतजावत गर्ने सडक रोकिएको बताइएको छ। आगो के कारणले र कसरी लागो भन्ने कुरा अझै पत्ता लागेको छैन।

करिब एक महिना अघि बिस्फोटको धमाकाले त्रसित बनेका स्थानीयहरु फेरी यो घटनाले झन् भयवित बनाएको छ। अगस्त ४ मा बेरुतमा ठुलो धमाका भएको थियो जसका कारण १९० जनाको मृत्यु र ६ हजार ५०० जना घाइते भएका थिए। उक्त धमाका २४० किलोमीटर परसम्म सुनिएको बताइएको थियो। करी १० किलोमिटर आसपासका सबै घरमा क्षति पुगेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here