प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भन्दै वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेपछि र लुम्बिनी प्रदेशमा आइतबार दिनभर भएको राजीनितिक घटना क्रम बारे छलफलका लागि कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउसो २ बजे बुढानिलकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी बैठक बोलाएका हुन् ।

पार्टीका प्रवक्ता बिश्व प्रकाश शर्मामा कोरोना पुष्टि भएको छ भने पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको पेटको समस्या देखिएका कारण बैठकमा जाने वा नजाने भन्ने टुंगो लागेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here