काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन काठमाडौंका अधिकांश स्थानमा प्रहरी तैनाथ गरिएको छ । उपत्यका ५ हजार भन्दा बढि प्रहरी परिचालन गरिएको छ भने उपत्यकाभर १ सय ५० भन्दा बढि स्थानमा होल्डिङ सेन्टर बनाइएका छन् ।

बिभिन्न स्थानमा स्पेशल चेक प्वाइन्ट राखेर चेकजाँच गरिएको छ । उपत्यकामा जारी निषेधाज्ञालाई व्यवस्थित गर्न प्रहरीका उच्च अधिकारीहरु नै फिल्डमा खटिएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले सरकारले तय गरेको मापदण्ड पालना गराउन आफुहरु व्यस्त रहेको बताए ।

त्यस्तै अनावश्यक रुपमा हिँडडुल नगर्न सर्वसाधारणलाई सम्झाउने बुझाउने काम पनि प्रहरीले गरेको बताए । जनतालाई सुरक्षित बनाउन आफुहरु पनि सुरक्षित हुँदै फिल्डमा खटिएको उनको भनाई छ ।

प्रहरीले उपत्यकाभित्रको जाँचलाई प्रभावकारी बनाउनेदेखि सीमाक्षेत्रमा आवतजावतमा समेत कडाइ गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here