कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्न कठिनाई भएको छ ।

काठमाडौँ उपत्यकामा कोरोनाबाट ज्यान गुमाएकाहरुको अन्तिम संस्कार यसअघि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुँदै आएको थियो । तर मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय शवदाह गृहभन्दा बाहिर पनि शव जलाउन थालिएको छ । सेनाले बागमति किनारमा नै शव व्यवस्थापन गर्न सुरु गरेको हो ।

शव व्यवस्थापनका लागि सेनाले वाग्मती किनारमा सम्याउने काम गरेको छ । कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टी नेपाली सेनाको टोलीले गर्दै आएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here