काठमाडौँ । हाँस्यकलाकार देवीराम पराजुली ‘भोकलाग्यो’लाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । आफुलाई कोरोना संक्रमण भएको बारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

हाँस्यटेलिसिरियल जिरे खुर्सानीबाट भोकलाग्यो नामले चिनिएका पराजुलीलाई कोरोना संक्रमण भएको उनले नै बताएका छन् । उनले आफुलाई कोरोना संक्रमण हुँदा र निको हुन लागेको अवस्थाको बारेमा बताएका छन् ।

सामाजिक सञ्जालमा उनले कोरोनाले माया गर्दा अर्थात संक्रमण हुँदा र कोरोनाबाट बिछोड हुदाको अवस्थाको तस्बिर शेयर गरेका छन् । उनले कोरोना लागेको समयमा केही असहज भएको भएता पनि अहिले भने आँफुमा आत्मविश्वास बढेको बताएका छन् । जिरे खुर्सानीमा भोक लाग्यो भूमिकामा निभाएका उनी धेरैका मनपर्ने कलाकार हुन् ।

COVID ले माया गर्दा र COVID संग बिछोड हुदै गर्दा कति फरक हुदो रहेछ अनुभब गरियो ।राम्रो भैराको छ है ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here