बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिला रहेकी छन् । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

२१ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मिर्गौला रोगबाट पीडित थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here