काठमाडौं ।  निजी ल्याबमा काेराेना परिक्षण गरि पाेजेटिभ देखिएमा बीमा रकम भुक्तानी नगर्न दिएको निर्देशन बाट बीमा समिति पछि हटेको छ । निजी ल्याबकाे दबाब पछि समितिले भुक्तानी दिने भएको हाे ।

बीमा समितिले आइतबार कोरोना बीमा मापदण्ड, २०७७ तथा कोरोना बीमालेखमा संशोधन गर्दै यो निर्णय गरेको हो।
संशोधन अनुसार अब प्रयोगशालामा काम गर्ने कर्मचारीले आफू कार्यरतबाहेकका प्रयोगशालामा परीक्षण गराएको रिपोर्ट बुझाएमात्र बीमा भुक्तानी पाउने छन्।

‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९९ परीक्षण गर्न स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीको बीमा दाबीका लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालामा बाहेक अन्य स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनु पर्नेछ’, संशोधित मापदण्डमा भनिएको छ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार बीमा रकम दाबी गर्न निजी र सरकारी प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नुपर्नेछ।
समितिले साेमबारबाट लागु हुनेगरी निर्देशिका जारी गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here