यस वर्षको युएस ओपन टेनिसको पुरुषतर्फको उपाधि डोमिनिक थिएमले जितेका छन् ।

अस्ट्रियाका २७ वर्षे थिएमले खेल जीवनको पहिलो ग्राण्डस्लाम उपाधि जितेका हुन् ।

सोमबार बिहान भएको खेलमा सुरुका दुई सेटमा पछि परेर पनि शानदार पुनरागमन गर्दै उपाधि जितेका हुन् ।

उनले जर्मन खेलाडी एलेक्जान्डर स्वेरेभलाई २–६, ४–६, ६–४, ६–३ र ७–६ (८–६) को सेटमा पराजित गरेका हुन् ।

सुरुका दुई सेटमा पछि परेर पनि ग्राण्ड सलाम उपाधि जित्ने थिएम सन् २००४ यताका पहिलो खेलाडी हुन् ।

त्यो बेला अर्जेन्टिनाका गास्तोन गाउडिओले सुरुका दुई सेटमा पछि परेर पनि फ्रेन्च ओपनको उपाधि जितेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here