इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले विजयी सुरुवात गरेको छ । गएराति भएको सिजनको आफ्नो पहिलो खेलमा लेस्टरले यसै सिजन प्रिमियर लिगमा बढुवा भएर आएको वेस्ट ब्रुमलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

वेस्ट ब्रुमको मैदानमा भएको खेलमा लेष्टरलाई जित दिलाउन जेमी भार्डीले दुई गोल गरे भने टिमोथी कास्टाग्नेले एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको लेस्टरले खेलको ५६ औं मिनेटमा टिमोथीको गोलबाट अग्रता लिएको थियो ।

डिफेन्डर टिमोथीले डेब्यु खेलमै लेष्टरका लागि गोल गरेका हुन् । बेल्जियमका डिफेन्डरलाई लेष्टरले इटालियन क्लब एटलान्टाबाट अनुबन्ध गरेको हो ।

खेलको ७४ औं र ८४ औं मिनेटमा भार्डीले पेनाल्टीमार्फत २ गोल गरेका थिए । जितसँगै लेष्टरले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here