गायक साजन राईको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गाउँ घरै रमाइलो बोलको गीतमा रमेश कार्कीको शब्द तथा गायक राईकै संगीत सुन्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा ‘साइँली’ बोलको गीतमा अभिनय गरेर चर्चामा रहेका गौरव पहारी र मेनुका प्रधानको अभिनय छ । राम्रो अभिनय गरेर दर्शकको रोजाईमा परेको यस जोडीले पुनः एकसाथ म्युजिक भिडियोमा काम गरेका छन्।

सार्वजनिक यस गीतको भिडियोमा गौरव र मेनुकालाई प्रेमिल जोडीको भूमिकामा प्रस्तुत गरिएको छ ।

किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा बनेको भिडियोलाई निर्देशक भुपेन्द्र स्वयंले खिचेका छन् । भिडियो सम्पादन भने अनिल रानाले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here