भारतीय अभिनेता अमिताभ बच्चनले आइतबार ७ फिल्मको शुटिंग गरेका छन्। ७७ बर्षिय अभिताभ बच्चनले आफ्नो व्लग मार्फत उक्त कुराको पुष्टि गरेका हुन्। उनले आफ्नो व्लगमा लेखेका छन्,’कामका लागि सबैभन्दा राम्रो दिन त्यो हुन्छ, जुन दिन सबै जना आराम गरिराखेका हुन्छन् ।आइतबार। ४ फिल्म, ३ शर्ट फिल्म, ६ क्रोमा शुत, स्टिलका २ सेट। जी हाँ। ‘

पछिल्लो समय अभिताभ आफ्नो गेम शो ‘कौन बनेगा करोडपति’ को १२ संस्करणको शुटिंगमा व्यस्त छन्। शो चाडै नै सोनी टिभीमा प्रशारण हुने शोका निर्माताले बताएका छन्।

ठुलो पर्दामा अभिताभ अन्तिम पटक ‘गुलाबो-सितारो’ मा देखिएका थिए। यस फिल्म उनिसंग अभिनेता आयुष्मान खुराना पनि थिए। जुन १२ मा उक्त फिल्म एमाजोनमा रिलिज गरिएको थियो। ‘चेहरे’, ‘ब्रह्मास्त्र’, ‘बटरफ्लाई’ र ‘झुंड’ जस्ता फिल्ममा उनको अभिनय देखिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here