जापानका पूर्व-प्रधानमन्त्री शिजो आबेलको राजिनामा पछि योशिहिडे सुगा प्रधानमन्त्री बन्ने पक्का भएका छन्। सोमबार रूलिंग लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को चुनावमा सुगाले दुई तिहाई भन्दाबढी मत हासिल गर्दै सुगा प्रधानमन्त्री भएका हो ।

पार्टीले गरेको उक्त मतदानमा कुल ५ सय ३४ सांसदले मत दिएका थिए जसमा ३७७ ले सुगाको पक्षमा मत दिएका छन्। करिब ७०% भन्दा बढी मतले उनि नै जापानको प्रधानमन्त्री बन्ने भएका छन्। सुगा करिब ८ बर्षदेखि चीफ कैबिनेट सेक्रेटरीको रुपममा काम गर्दै आइराखेका थिए। उनलाई आबेल निकट मानिन्छ।

प्रधानमन्त्री पदका ३ उम्मेदवारका लागि डाइट मेम्बर्स र देशका ४७ औ राज्यबाट तीन सांसदलाई मतदान दिएका थिए। यसकै कारण ७८८ संसद मध्य ५३४ ले मात्र मत दिएका थिए। स्वास्थ्य अवस्थाका कारण आबेलले राजिनामा दिएपछि सांसदहरुले यस्तो प्रक्रिया अपनाएका हुन्। एलडीपीको सेक्रेटरी जनरल र तोशिहिरो निकाइले मतदान गरेका थिए।

प्रधानमन्त्री पदका लागि एलडीपीका पॉलिसी चीफ फुमियो किशिदा र पूर्व रक्षा मंत्री शिगेरु इशिबाले पनि उम्मेदवारी दिएका थिए। शिजोले प्रधानमन्त्री पद छोडेपछि दुवै जना प्रधानमन्त्री बन्न अघि सरेका थिए। तर अन्तिम समयमा सुगाले आफ्नो उम्मेदवारी दिए र अब उनि नै प्रधानमन्त्री बन्ने पक्का भएको छ।
किशिदालाई ८९ र इशिबालाई 68 मत पाएका थिए । तल्लो सदनमा एलडीपी बहुमत छ । जसका कारण सुगा नै देशको प्रधानमन्त्री बन्ने निश्चित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here