उत्तर कोरियाका तानाशाह किम जोङ उनको तानाशाहीका बारेमा प्रायः सुनिदै आइराखेको छ। विश्वभर तानाशाह किमलाई एक क्रुर शासकका रुपमा चित्रण गरिको छ । उनको क्रुरता यतिसम्म प्रख्यात छ कि उनले आफ्नै नातेदारहरुलाई पनि कठोर भन्दा कठोर सजाय दिन पछि हट्दैनन्।

उत्तर कोरियामा यदि कसैले नियम कानुनको उल्लंघन गर्छ भने त्यसको सजाय केवल मृत्युदण्ड हुने बताइएको छ। उक्त नियम सर्वसाधारणदेखि किमको इष्टमित्रहरुलाई समेत लागू हुन्छ। अमेरिकाका पत्रकार बाब वुडवर्डले एक किताबमा उक्त कुराको उल्लेख गरेको अन्तराष्ट्रिय संचार मध्यमले जनाएका छन्। पछिल्लो समय ‘रेज’ नामक किताब निकै चर्चामा आएको छ। यस किताबमा वुडवर्डले आश्चर्यपूर्ण खुलासा गरेका छन्। यो किताब दुई दिनपछि औपचारिक रुपमा अन्तराष्ट्रिय बजारमा उपलब्ध हुन्छ ।

वुडवर्डले यस किताबमा उत्तर कोरियाका तानाशाह किमले गरेका कामहरुका बारेमा उल्लेख गरेका छन्। किताबमा किमले आफ्नै काका जङ साङ थाकको टाउको काट्न लगाएको घटनालाई उल्लेख गरेका छन्। शिर काटेर उनले शरीर माथि राख्न लगेर उनको अधिकारीहरुलाई त्यो हेर्न लगाएको बताइएको छ।

क्याबिनेटमा सामेल वरिष्ठ अधिकारीहरु उक्त दृश्य देखेर भयवित भए। उनले यो केवल आफ्नो शासनमा भय र डर सिर्जना गर्ने उदेश्यले गरेको वुडवर्ड बताउँछन्।

त्यस्तै यस बारेमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सोध्दा उनले मलाई सबै कुरा थाहा छ भनेको समेत किताबमा बताइएको छ। किमले देशद्रोहको मुद्दामा आफ्नो काका जङलाई फाँसीको सजाय दिइएको थियो। तर उनलाई निकै दर्दनाक तरिकाले उनको शिर काटिएको थियो।

वुडवर्ड उनै पत्रकार हुन् जसले अमेरिकाको वाटरगेट घोटालाको पर्दाफास गरेका थिए। जसका कारण अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको सरकार ढलेको थियो।

बुबाको मृत्युपछि किमको शासनलाई स्थापित गर्न उनलाई जङले मद्दत गरेको बताइएको छ । तर जङको कामबाट असन्तुष्ट जनाउदै किमले उनलाई मृत्युदण्ड दिइएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here