नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई अस्पतालमा भर्ना गरिएको छ। छातीमा समस्या देखिएपछि राति नै कोइरालालाई ओम अस्पतालमा भर्ना गरिएको हो।

उनलाई पहिलेदेखि नै छातीमा समस्या थियो। कोरोना पुष्टि पश्चात घरमै क्वारिनटाईनमा बसेका महामन्त्री कोइरालाको छाती दुखेपछि उनलाई राति नै ओम नर्सिङ्ग होममा भर्ना गरिएको पारिवारिक स्रोतले बताएका छन्। केहि बर्ष अगाडी उनको छाती मा समस्या देखिएको थियो। बिस्तृत विवरण आउन बाँकी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here