कोरोना भाइरसको संक्रमणबाट होम आइसोलेशनमा बसिरहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य स्थिति स्थिर रहेको छ।

मंगलबार साँझदेखि ज्वरो बढेर छातीको समस्या देखिएपछि आजै राती चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका कोइरालाको स्वास्थ्यस्थित स्थिर रहेको अस्पतालले जनाएको छ।

अस्पतालका प्रबन्ध संचालकले बुधबार अपरान्ह जारी गरेको प्रेस विज्ञप्ति अनुसार, अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन विश्वनाथ कोेइरालाको नेतृत्वमा सुवोधसागर ढकाल, प्रमेशसुन्दर श्रेष्ठसहितको टोलीले उनलाई उपचार गरिरहेका छन्।

कोइरालालाई ओम अस्पतालको आइसियु वार्डकोे आइसोलेशन कक्षमा राखेर उपचार गरिएको छ।

कोइरालाका सहयोगी भरत तिवारीका अनुसार, हिँजो राती ज्वरो बढेपछि अस्पताल भर्ना भएका महामन्त्री कोइरालाले आज अपरान्हको खाना खाएको र स्वास्थ्यस्थिति सामान्य रहेको छ।

यसका बाबजूद अस्पतालका चिकित्सकहरुले कोइरालालाई करिब तीन दिनजति अस्पतालमै राखेर उपचार गर्नु पर्ने सुझाव दिएको पनि तिवारीले बताए।

गत शनिबार कोेइरालाको स्वाव परिक्षणमा पोजेटिभ देखिएपछि उनी होम आइसोलेशनमा रहँदै आएका थिए।

केही वर्ष अघि खाना सर्किएर बेहोस अवस्थामा पुगेका कोेइरालाको लामो समयसम्मको उपचार पश्चात उनी स्वास्थ्य लाभ गरी फर्किएका थिए। त्यतिबेलादेखि नै उनको छाती र फोक्सो अति संवेदनशील अवस्थामा रहेकेो थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here