नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार सचिवालय बैठक आह्वान गरेको छ । बुधबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

बैठक शुक्रबार ११ बजे बस्ने सचिवालय बैठक पेरिस डाँडामा बस्ने भएको छ । नेकपा गठन हुनुभन्दा पहिला पेरिस डाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो । धुम्बाराहीमाभन्दा पेरिस डाँडामा बैठक बस्न सजिलो हुने भएकाले पेरिस डाँडामा बोलाइएको बुझिएको छ । यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here